पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०७८, मंगलवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ८ सय १० जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ७२ र एन्टीजेन्ट विधिबाट ४३ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ४ संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ५ हजार २ सय ५ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ५२ जना छन् । त्यसैगरी १ लाख २७ हजार ७ सय ५३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय २३ र भेन्टीलेटरमा ३० जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार १३ , संस्थागत आईसोलेशनमा ३ सय ३९ र क्वारेन्टाइनमा ९८ जना छन् ।

 

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech