बाँकेमा कोरोना संक्रमण पुष्टि भएका सबै २२ वर्ष मुनिका

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११८ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १७ र बागेश्वरी ल्यावमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सबै जिल्ला बाहिरका हुन् । २२ वर्ष मुनिका ४ जना छन् । १ जना ४१ वर्ष उमेरका छन् ।

जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७१ छ ।

यस्तै आज थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १५ पुगेको छ ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech