ओमिक्रोनको जोखिमः जमुनाह नाकामा भारतबाट फर्किने सबैको एन्टिजेन परीक्षण

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०७८, मंगलवार

नेपालगन्जः द्रूतगतिमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै नेपालगन्जको जमुनाह नाका भएर भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्न सुरु गरिएको छ ।

भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । नाकामा पोजेटिभ देखिएकाबाट ओमिक्रोनको संक्रमण भित्रिने सक्ने भएकाले उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौं पठाउने तयारी छ ।

यसअघि समूहमा आएकामध्ये एकजनाको मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएमात्रै समुहका अन्य व्यक्तिको जाँच गर्ने गरिन्थ्यो । तर ओमिक्रोन भाइरसको जोखिम बढेपछि भने भारतबाट आउने सबै नागरिकको एन्टिजेन परीक्षण गर्न सुरु गरिएको जमुनाह हेल्थ डेस्कका सिनियर अहेव रामबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खासगरी रोजगारीको सिलसिलामा पुगेर फर्किएर नेपालीको पहिचान गरेर एन्टिजेन परीक्षण गर्ने गरिएको हो । किनमेल र उपचारका लागि आउजाउ गर्नेहरुको भने स्वास्थ्य जाँच गर्ने गरिएको छैन् ।

यो नाकाबाट किनमेल र उपचारकै लागि दैनिक पाँचदेखि १० हजार मानिसहरु ओहोरदोहोर गर्ने गरेको तथ्याङ्क छ । नेपाल आउने भारतीय नागरिकको हकमा खोप लगाएको कार्ड र पीसीआर रिपोर्ट अनिर्वाय गरिएको छ ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech