लकडाउन गर्नेबारे सरकारले अझै निर्णय गरेको छैनः स्वास्थ्य मन्त्रालय

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७८, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन ।’

उहाँका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उहाँले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताउनुभयो।

नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटर लगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।

तर सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णइ नगरेको जनाएका छन् । तर स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech