कोरोनाबाट भेरी अस्पतालमा कोहलपुरका पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई गएको ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको छ ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech