स्वास्थ्य मन्त्रालयद्धारा भेरी अस्पताल विकास समितिसँग स्पष्टिकरण माग, समितिले आजै जवाफ पठाउँदै

उहाँहरुले आफ्नो पालामा अस्पताललाई देशकै उत्कृष्ट बनाउन सफल भएको, कोभिड महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको, अस्पताल विकास समिति अघि डेढ करोड घाटामा रहेको अस्पताललाई अहिले १७ करोड नाफामा पु¥याएको, अस्पताललाई व्यवस्थित र सौन्दर्यकरण गर्ने सवालमा सकारात्मक अभ्यासहरु भएको लगायतको जवाफ मन्त्रालयलाई बुझाउन लागिएको स्पष्टिकरण पत्रको जवाफमा लेख्नुभएको छ ।


    • स्वास्थ्य पेज

  • २० मंसिर २०७८, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिसँग स्पष्टिकरण मागेको छ । मन्त्रालयले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ, धनिराम ओली र सरस्वती मल्ललाई पदबाट हटाउनु नपर्ने कारणसहितको छुट्टाछुट्टै स्पष्टिकरण सोधेका हो ।

स्पष्टिकरण पत्रमा भनिएको छ–‘अस्पतालको क्षमता विकास सरोकारवालाहरुसंगको समन्वय र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्न नसकेको देखिएकोले तपाईलाई पदबाट हटाउनु नपर्ने कारण भए ७२ घण्टाभित्र लिखित रुपमा आफ्नो स्पष्टिकरण पेश गर्नु हुन अनरोध गरिन्छ ।’

अध्यक्ष धितालसहित तीनै जना सदस्यले आज मन्त्रालयलाई स्पष्टिकरण बुझाउन लाग्नुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष धितालले आज स्पष्टिकरणको जवाफ दिन लागिएको जानकारी दिनुभयो ।

केपी ओली सरकारले धिताल नेतृत्वको समितिलाई तीन वर्षीय कार्यकालका लागि २०७७ जेठ १३ गते नियुक्त गरेको थियो । स्पष्टिकरणको जवाफमा अध्यक्ष धितालसहित सबै सदस्यहरुले उस्तै वेहोराका जवाफ पेश गर्दै हुनुहुन्छ ।

उहाँहरुले आफ्नो पालामा अस्पताललाई देशकै उत्कृष्ट बनाउन सफल भएको, कोभिड महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको, अस्पताल विकास समिति अघि डेढ करोड घाटामा रहेको अस्पताललाई अहिले १७ करोड नाफामा पु¥याएको, अस्पताललाई व्यवस्थित र सौन्दर्यकरण गर्ने सवालमा सकारात्मक अभ्यासहरु भएको लगायतको जवाफ मन्त्रालयलाई बुझाउन लागिएको स्पष्टिकरण पत्रको जवाफमा लेख्नुभएको छ । सरकार परिवर्तनपछि आफु निकट ब्यक्तिलाई अस्पताल विकास समितिमा ल्याउने गरिएको छ ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech