थप २ सय ५ जनामा कोरोना सङ्क्रमण, ४ सय ३६ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार पाँच सय ४४ पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४१ पुगेको छ ।

अहिले नेपालमा ६ हजार पाँच सय सात जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५७ हजार नौ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech