बाँकेमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७८, आईतवार

नेपालगन्जः बाँकेमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४३ जनाको नमुना जाँच गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा २१ जनाको नमुना जाँच्दा कसैलाई कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६५ पुगेको छ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech