के तपाइँको हातखुट्टा बाउँडिन्छ ? यस्ता छन् रोकथामका उपाय

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७८, आईतवार

हातखुट्टा बाउँडिनु रोग होइन, त्यसैले सटिक उपचार हुँदैन । तर, ठूलो समस्या हो, त्यसैले रोकथामका उपाय अपनाउनु अत्यावश्यक हुन्छ । प्रायः कसरत, योगा, जगिङलगायत सक्रियरुपमा शारीरिक क्रियाकलाप गर्ने व्यक्तिहरुमा यसको समस्या बढी देखिन्छ । साथै, महिलामा महिनावारी पनि यस्तो खालको समस्या देखिन्छ । खानपानमा ध्यान दिने हो भने यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।

केरा

केरा फलफुलहरुमा गुणकारी फल हो । जुनसुकै समस्यामा पनि केरा सेवन गर्न मिल्छ । केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा केरा सेवनले मांशपेशी बाउँडिने समस्या समाधानमा महत्वपूणै भूमिका खेल्दछ ।

सखरखण्ड

हाम्रो शहरिया परिवेशमा सखरखण्डलाई पर्व विशेष फलका रुपमा हेर्ने गरिन्छ । ढुलो एकादशी तिर प्रयोगमा देखिने सखरखण्ड पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ ।सखरखण्डमा पनि पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाईन्छ ।

एभोकाडो

एभोकाडोलाई स्वास्थ्या विज्ञानले एउटा उपनाम दिएको छ – पोटासियम पावरहाउस । एउटा एभोकाडोमा एउटा सखरखण्डमा हुनेभन्दा दुईगुणा पोटासियम हुन्छ । पोटासियमले मांसपेशीलाई स्वस्थ बनाउँदै मुटुलाई पनि स्वस्थ राख्छ । त्यसैले, जति सकिन्छ एभोकाडो खाएको राम्रो ।

गेडागुडी

केराउ, मटर, मास, राज्मा, भटमास, बोडीलगायत सबै गेडागुडीमा म्याग्नेसियमको मात्रा धेरै हुन्छ । एक कप पकाएको गेडागुडीमा ७१ मिलिग्रामसम्म म्याग्नेसियम हुन्छ । गेडागुडी सेवनले शरीरमा फाइबरको मात्रा पनि पुग्छ ।

खरबुजा

खरबुजा इलेक्ट्रोलाइट्सको पूर्ण प्याकेज हो भन्दा फरक नपर्ला । एकदम धेरै पोटासियम, धेरै क्याल्सियम र म्याग्नेसियम र ठिक्क मात्रामा सोडियम हुने खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ । कसरत गर्दा पसिनाबाट शरिरमा भएको सोडियम र पानी बाहिरिन्छ । शरिरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन भएर मांसपेशी बाउँडिने समस्या झन बढ्छ । त्यसैले हरेक दिन खरबुजा खाँदा मसल र्क्याम्पमात्र होइन डिहाइड्रेसनको समस्या पनि आउँदैन ।

दुध

दुध इलोक्ट्रोलाइट्सको प्राकृतिक स्रोत हो । दुधमा क्याल्सियम, पोटासियम र सोडियम पाइनुका साथै प्रोटिन पनि उल्लेख्य मात्रामा पाइन्छ । दुधले शरिरलाई हाइड्रेट राख्नुका साथै प्रोटिनको मात्रा पनि धेरै भएका कारण च्यातिएका मांसपेशीका तन्तुहरुको सुधारमा पनि सहयोग गर्छ ।

 

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech