२३८ संक्रमित थपिए, थप पाँचजनाको मृत्यु, ३९२ निको

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७८, शनिबार

नेपालगन्जः नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २३८ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार २९५ नमुनाको पीसीआर परीक्षण गर्दा २२० र एक हजार ५०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँचजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १०८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech