‘चिसो मौसममा कोरोनासँगै इन्फ्लूएन्जा र श्वासप्रश्वासमा समस्या हुन सक्छ चिकित्सकिय परामर्श लिऔंं’

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७८, शनिबार

नेपालगन्जः जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका संक्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

बाँकेमा अहिले कोरोनाभाइरस संक्रमण दर केही कम भएको देखिएको छ । तर चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन् ।

त्यस्ता भाइरसले गराउने संक्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने नेपालगन्ज एश क्लिनकमा कार्यरत फिजिसियन डा प्रकाश नागले बताउनुभयो । उहाँले खासगरी बालबालिका तथा जेष्ठ नागरिकहरुलाई चिसोमा रुघाखोकी लाग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या हुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

न्यानो कपडा लगाउने, जथाभावी घर बाहिर नहिड्ने, झोलिलो खाने कुरा पर्याप्त खानु पर्ने उहाँको सुझाव छ । स्वास्थ्यमा समस्या देखिने वित्तिकै चिकित्सकीय परामर्श लिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech