विशेषज्ञ स्वास्थ्य शिविरः एकै दिन एघार सय ५० बढीले लिए सेवा

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः जिल्ला अस्पताल दैलेखमा सुरु भएको निःशूल्क विशेषज्ञ स्वास्थ्य शिविरमा पहिलो दिन आज शुक्रबार साढे ११ सयले सेवा लिएका छन् ।

नारायण नगरपालिकाको आयोजना, जेश्वर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा सुरु भएको शिविरमा सेवा लिन गाउँगाउँबाट सयौं सर्वसाधरण जिल्ला अस्पतालमा पुगेका थिए ।

वयोवृद्धदेखि बालबालिका तथा महिलाहरु शिविरमा पुगेका थिए । हात खुट्टा खुख्ने, आँखा चिलाउने, पाक्ने, पाठेघरमा समस्या, नाक, कान, उच्च रक्तचाप लगायतका समस्या भएका विरामीहरु शिविरमा धेरै आएको शिविरमा खटिएका चिकित्सकहरुले बताए । विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँटोलमा उपचार सेवा पाउँदा स्थानीयहरु खुसी थिए ।

नेपालगन्ज, कोहलपुर र सुर्खेतबाट पुगेका करिव दुई दर्जन चिकित्सकहरु शिविरमा खटिएका छन् । कन्सल्टेन्ट फिजिसियन डा मधु अर्याल, प्लाष्टिक सर्जरी डा विनोद कर्ण, छाला रोग विशेषज्ञ डा सविन कँडेल, स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी, नेत्र रोग विशेषज्ञ डा बिबेक आचार्य, दन्त चिकित्सक डा द्धवारीका वजगाइँ र पल्लव उपाध्याय, अर्थोपेडिक डा लोकेन्द्र न्यौपाने, युरोलोजी डा दिपक जैसवाल, ईएनटी डा कपिल शाही डा आनन्द कर्ण शिविरमा खटिनुभएको छ ।

यस्तै डा रुपक केसी, डा सुष्मिता शर्मा, डा नवीन खड्का, डा अनिल कोइराला, डा अञ्जली रेग्मी, डा सन्तराम भटराई, डा प्रकाश तिमिल्सेना, डा विनोद प्याकुरेल पनि शिविरमा खटिनुभएको छ ।

शिविर भोलि शनिवार पनि चल्ने छ ।

फोटो फिचर

 

 

 

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech