२४ घण्टामा नेपालमा कोरोना मृत्युदर शून्य

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पहिलो पटक दैनिक विवरणअनुसार कसैको पनि ज्यान नगएको हो ।

नेपालमा अहिलेसम्म ११ हजार पाँच सय ३५ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १३ प्रतिशत अर्थात् दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४७ जना निको भएसँगै अहिलेसम्म आठ लाख तीन हजार सात सय १६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा ६ हजार नौ सय २१ जना सक्रिय सङ्क्रमित छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार पाँच सय ६७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech