बाँकेमा कति छन् सक्रिय संक्रमित ?

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार, ती सबै जिल्ला बाहिर बर्दिया, सुर्खेत र दैलेखका हुन् ।

कोहलपुर मेडिकल कलेजमा ४० जनाको जाँच गर्दा तीन जना र बागेश्वरी ल्यावमा १७ जनाको जाँच गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको केन्द्रले जनाएको छ ।

बाँकेमा आज कोरोना संक्रमित थपिएन् भने डिस्चार्ज पनि कोही भएनन् । बाँकेमा सक्रिय संक्रमित ९ जना रहेका रहेका छन् ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech