एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बाग्लुङमा बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेकोमा अहिले संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसनमा दुई संक्रमितको उपचार भइरहेको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech