निःशूल्क विशेषज्ञ स्वास्थ्य शिविरमा सर्वसाधरण ओइरिए

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः जिल्ला अस्पताल दैलेखमा आजदेखि सुरु भएको निःशूल्क विशेषज्ञ स्वास्थ्य शिविरमा सेवा लिन गाउँगाउँबाट सर्वसाधरण ओइरिएका छन् ।

नारायण नगरपालिकाको आयोजना, जेश्वर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा सुरु भएको शिविरमा सेवा लिन सयौं सर्वसाधरण जिल्ला अस्पतालमा पुगेका छन् ।

वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परिक्षणसँगै आवश्यक औषधि समेत निःशूल्क वितरण हुने भएपछि सर्वसाधरणहरु सेवा लिन ओइरिएका हुन् ।

नेपालगन्ज, कोहलपुर र सुर्खेतबाट पुगेका दुई दर्जनबढी विशेषज्ञ चिकित्सकहरुले छाती, मुटु, पेट, कलेजो, सुगर, प्रेशर, किड्नी तथा पिसाब, दम, मृगी, मानसिक तथा यौन, आँखा, दाँत, नाक,कान, घाँटी, महिला तथा प्रसूति, छाला, प्लास्टिक सर्जरी, बालरोग लगायतका सेवा शिविरमार्फत दिनुभएको छ ।

शिविर भोलिसम्म चल्ने छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech