नेपालगन्जमा पहिलो पटक हाडेमा आउने ग्रन्थीको ट्यूमरको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जमा पहिलो हाडेमा आउने ग्रन्थी (पेरोटिड)को ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । ओलस्का रामारोशन मेडिकल क्लिनकमा कार्यरत ई.एनटी सर्जन डा आनन्द झा नेतृत्वको टिमले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

चिकित्सकिय भाषामा यसलाई प्लेयोमोरफिक एडेनोमा डिजिज भनिन्छ । यो जटिल खालको रोग हो । मुखमा चलाउने नशालाई जोगाएर शल्यक्रिया गर्नुपर्ने भएकाले यसलाई जटिल शल्यक्रियाका रुपमा लिइन्छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका तुरुन्तपुरका १९ वर्षीय युवकको ५ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको सर्जन डा झाले जानकारी दिनुभयो । शल्यक्रियामा डा कपिल शाही, डा कृष्ण ढकाललगायत सहभागी हुनुभएको थियो ।

विरामीको अवस्था अहिले सामान्य छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech