ओमिक्रोन भेरिएन्टको त्रास, जमुनाह नाका भएर नेपाल भित्रिन खोप कार्ड अनिवार्य

बाँकेको जमुनाह, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाइ


    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि स्थानीय प्रशासनले नेपाल–भारतका सीमा नाकाहरुमा कडाई गर्न थालेको छ । नेपालगन्जको जमुनाह नाका, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाई गरिएको हो ।

स्थानीय प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पिसिआर रिर्पोट र दुबै डोज खोप लिएको कार्डलगायतका कागजपत्र अनिवार्य रुपमा हेर्न सुरक्षाकर्मीहरुलाई भनेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतबाट नेपाल प्रबेश गर्ने सबै नागरिकहरुले कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्र नेपाल प्रबेश गर्न दिने, अन्यथा नेपाल प्रबेशमा रोक लगाइएको जानकारी दिनुभयो ।

नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई चलाख रहन भनिएको पनि उहाँले बताउनुभयो । त्यहीअनुसार कर्मचारीहरुले भारतबाट भित्रिने नेपालीहरुले दोस्रो डोज खोप लगाएको कार्ड देखाएपनि एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएका छन् ।

नयाँ भेरिएन्ट नेपाल भित्रिसकेको छैन् । तर सावधानी भने अपनाइएको जमुना हेल्थ डेस्कका सिनियर अहेव रामबहादुर शाहीले बताउनुभयो ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech