भेरी अस्पतालमा उपचार गराइरहेका पाँच संक्रमित सिकिस्त

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो । बागेश्वरी ल्यावमा भने नमुना जाँच भएन् ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन्। योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६३ पुगेको छ ।

भेरी अस्पतालमा उपचार गराइएका मध्ये ५ जना सिकिस्त छन् । ३ जना भने मध्यम विरामी रहेको केन्द्रले जनाएको छ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech