त्यसैले घातक छ ओमिक्रोन भेरियन्ट

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

नेपालगन्जः भाइरस परिवतर्नशील छ। आफू बाँच्न र औषधिविरुद्ध लड्न भाइरसले आफ्नो आणुवांशिक तत्व (जीन)मा परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ।

हरेक पटकको म्युटेसन खराब नै हुन्छ भन्ने हुँदैन। तर कहिलेकाँही म्युटेसनले ठूलो परिवर्तन ल्याइदिन्छ। जसले गर्दा भाइरस बढी संक्रामक हुन सक्ने, छिट्टै फैलिने, भएका औषधिले पनि काम नगर्ने हुन सक्छ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि यही कोरोना भाइरसको परिवर्तित स्वरुप हो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले ओमिक्रोन भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को नामाकरण गर्दै ‘संसारमा खतराको घन्टी बजेको’ भन्दै चेतावनी समेत दिएको छ।

ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोषले बताउनुभयो ।

उहाँका अनुसार नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ–२ को आरएनए अक्षहरुमा डेल्टा भेरियन्टको तुलनामा ३२ वटा म्युटेसन देखिएको छ। जुन डेल्टा भेरियन्टको तुलनामा तीन गुणा बढी हो। यसअघि डेल्टा भेरियन्टमा ९ वटा मात्र म्युटेसन भएको थियो।

३२ पटक म्युटेसन भएको ओमिक्रोन भेरियन्ट छिटो फैलन सक्ने, पुनः संक्रमण गराउने, एन्टीबडीले काम नगर्ने र प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने देखिएको उनले बताए। यद्यपि यो अध्ययन र असुन्धानबाट पुष्टि हुन भने बाँकी छ। धेरै म्युटेसन भएकाले पनि ओमिक्रोन भेरियन्टलाई हाल बनेका खोपहरुले रोक्न नसक्ने आँकलन पनि गरिएका छन्।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech