भोलि १ लाख ८८ हजार डोज मोडर्ना खोप आउँदै

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

210104-F-ZJ963-1054

नेपालगन्जः नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।

महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप आउने भएको हो।

मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। खोप १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिइएको छ।

यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech