भयावह बन्दै नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

नेपालगन्जः दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस ‘ओमिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ ।

गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् ।

नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओमिक्रोनको सङ्क्रमण देखिएको छ ।

नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको बीबीसीले जनाएको छ । नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार गएको हप्ता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको हो ।

ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भनेर अध्ययन भइरहेको छ ।

 

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech