भेरी अस्पतालमा कोभिड संक्रमित एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बढैयाताल गाउँपालिका-७ बर्दियाका ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

यही मंसीर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई सोही दिन थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४३४ जनाको मृत्यु भएको छ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech