बाँकेमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाँकेमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २० नमुना परीक्षण गर्दा १, मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै बागेश्वरी ल्यावमा १७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन्। योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६२ पुगेको छ ।

यस्तै थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १२ पुगेको छ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech