तीन डोज खोप लगाएका दुई जना डाक्टरलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्जः इजरायलमा दुई डाक्टरमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । तेल अभिभमा कार्यरत दुई डाक्टरमा नयाँ भेरियन्ट पुष्टि भएको हो। संक्रमित ती दुवै डाक्टरले कोभिड विरुद्ध खोपको ३ डोज लगाइसकेका थिए।

सीएनएनकाअनुसार शेबा मेडिकल सेन्टरले मंगलबार यसको पुष्टि गरेको हो। यो इजरायलमा भेरियन्ट समुदाय फैलिएको पहिलो घटना पनि हो। केन्द्रका अनुसार संक्रमित एक चिकित्सकको उमेर ५० वर्ष रहेको छ ।

उनी लण्डनमा सम्मेलनका लागि गएका थिए । त्यहाँबाट फर्केको केही दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो । बेलायत छाड्नुअघि र इजरायल फर्किंदा चिकित्सकको परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

त्यसैले आफ्नो काममा लाग्न थाले । त्यहाँ उनको कारणले अर्का डाक्टरमा पनि पोजेटिभ आएको छ । दोस्रो डाक्टरको उमेर करिब ७० वर्ष छ । दुवैमा कोरोनाका हल्का लक्षण देखिएको थियो ।

अहिले उनीहरु घरमै आइसोलेसनमा छन् । उनको सम्पर्कमा आएका सबैको परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको छ । यी दुई केसहरूसँगै, इजरायलमा ओमिक्रोन भेरियन्टका पुष्टि भएका केसहरूको संख्या ४ पुगेको छ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech