डा तारा पोखरेलको स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा सरुवा

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

काठमाडौं: डा तारा पोखरेलको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा सरुवा भएको छ ।

सार्क क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत डा पोखरेललाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयमा सरुवा गर्नुभएको हो ।

महाशाखामा सरुवा भएका डा पोखरेलले बुधवार मन्त्रालयमा आएर आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।

डा तारा पोखरेललाई मन्त्रालयमा ल्याएपछि मन्त्रालयले सार्क क्षयरोग केन्द्रमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई पठाइएको छ। सरुवा रोग अस्पतालमा भने डा मनिषा रावललाई जिम्मा दिइएको छ।

यसैगरी, मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्रलाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरेको छ। उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइएको छ।

यस्तै, प्रसूतिगृहबाट संगीता मन्त्रालयमा सरुवा गरेपछि अस्पतालका डा अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले डा अनुज भट्टचनलाई गण्डकी प्रदेशमा सरुवा गर्न सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ।

 

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech