व्यवस्थापन महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी नियुक्त

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

काठमाडौंः स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा मरासिनीले बुधवार निर्देशकको पत्र बुझनुभएको छ ।

व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भिमसिंह टिंकरी केही दिन अघि मात्र १२औं तहमा बढुवा हुनुभएको थियो । उहाँको बढुवापछि निर्देशक पद रिक्त थियो।

यसैगरी महाशाखा अन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको पनि सरुवा भएको छ। ढुङ्गानाको स्थानमा महाशाखामै रहेका सुरेन्द्र चौरसियालाई ल्याइएको छ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech