अष्ट्रेलिया र जापानले लगाए विद्यार्थीमाथि प्रतिबन्ध

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

एजेन्सीः अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech