विश्व एड्स दिवसः नेपालगन्जमा प्रभातफेरी

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्जः आज ३४ औं विश्व एड्स दिवस, बाँकेमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पताल परिसरबाट निकालिएको ¥यालि बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सडक नाटक प्रदर्शनसँगै निशुल्क कण्डम समेत वितरण गरिएको छ ।

बाँकेमा गएको वर्ष १ सय १७ एचआइभी संक्रमित बिरामी थपिएका छन् । योसँगै जिल्लामा पहिचान भएका एचआइभी संक्रमित बिरामीको संख्या १ हजार ३ सय ३४ रहेको छ ।

अहिलेसम्म बाँकेमा ६८ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् । सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । तर एड्सको पहिचान गर्नै मुस्किल परिरहेको चिकित्सकहरु बताउँछन् ।

 

 

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech