दैलेखमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्ज: दैलेखमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही मंसिर १७ र १८ गते नेपालगंजका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण साथै आवश्यक औषधी समेत नि:शुल्क वितरण गरिने बताईएको छ ।

शिविरमा छाती , मुटु , पेट , कलेजो , सुगर , प्रेशर , किडनी तथा पिसाब , दम , मिर्गी , मानसिक तथा यौन , आँखा , दाँत , नाक कान घाँटी , महिला तथा प्रसुती , छाला , प्लास्टीक सर्जरी , बालरोग लगायतका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने छ ।

शिविर नारायण नगरपालिकाको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा हुन लागेको हो । नेपालगन्ज ग्यालरी कार्यक्रमको सोसल मिडिया पार्टनर रहेको छ ।

करिब दुईदर्जन बढी चिकित्सकहरुबाट सेवा प्रदान गरिने भएको हुदाँ घरदैलोमा नै विशेषज्ञ सेवा लिन गेश्चर अफ काइन्डनेसका उपाध्यक्ष डा.बिनोद प्याकुरेलले आग्रह गर्नुभएको छ ।

साथै कोरोना संक्रमणबाट निको भएका बिरामीहरुलाई समेत स्वास्थ्य परामर्शको फाइदा उठाउन भनिएको छ ।

शिविर जिल्ला अस्पतालमा १७ र १८ गते बिहान ९ देखि दिउँसो ३:३० बजेसम्म चल्नेछ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech