कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन २० देशमा देखियो, नेपाल प्रवेश गर्नेको व्यवस्थापन गरिने

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

 

काठमाडौं: पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको त्रास बढिरहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ हालसम्म विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन्।

त्यहाँ अहिलेसम्म ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ। दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ।

यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

यता नेपालमा समेत जोखिम हुनेभएपछि सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउँनुभएको हो ।

‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech