आज ३४ औं विश्व एड्स दिवस, ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ देशैभर मनाईदैं

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

नेपालगन्ज: आज ३४ औं विश्व एड्स दिवस, ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । एचआईभी र एड्स सम्बन्धी जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ ।

सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने चिकित्सकहरु बताउँछन् । दिवसको अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले अहिले भेरी अस्पताल परिसरबाट ¥यालि निकालेको छ । कार्यालयका एचआइभी फोकल पर्सन मानव नेपालीका अनुसार बसपार्क पुगेर विभिन्न सचेतनामुलक कार्यक्रम गरिने छ ।

बाँकेमा १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । वि.स २०७४\७५ मा १ हजार १२, ७५\७६ मा १ हजार १ सय १, ७६\७७ मा १ हजार २ सय १७ र ७७\७८ मा १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् । सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । तर एड्सको पहिचान गर्नै मुस्किल परिरहेको छ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech