दक्षिण कोरियामा पनि फेला पर्यो कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७८, बुधबार

काठमाडौं: कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण कोरियामा पनि फेला परेको छ।

हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा ओमिक्रोन देखिएको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी केडिसीएले जनाएको छ । उनिहरुले कोरोनाविरुद्धको खोपको दुवै मात्रा भने लगाइसकेका थिए । उनिहरु नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा रहेको बताईएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।

नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा समेत गरिएको छ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech