ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

काठमाडौंः सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु भएको हो ।

पछिल्लो समयमा दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अन्य देशहरुमा पनि पुष्टि हुँदै जाँदा यसको त्रास बढेर गएको छ।  बेलायत, क्यानडा, अष्ट्रेलिया, जापानलगायतका देशमा समेत फैलिसकेको यो भेरियन्ट अझ बढी संक्रामक भएको अनुमान गरिएको छ। यो भेरियन्टको पुष्टि हुने क्रम बढेसँगै कतिपय देशले अफ्रिकन मुलुकसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् भने ती देशबाट आएका यात्रुहरुलाई कडा निगरानीमा राख्ने आदेश जारी गरेका छन्।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech