लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्ने

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

बुटवलः लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ ।

रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत रोटरी क्लब अफ बुटवलले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको क्लबका अध्यक्ष डा ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक क्यान्सर स्क्रिनिङ सेन्टर स्थापनाका लागि अस्पतालसंग सम्झौता भई प्रक्रिया अघि बढेको क्लबले जानकारी गराएको छ ।

करीब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट भएको र सुरुमा यसका लागि साढे २ करोड लगानी गर्न लागिएको क्लबका अध्यक्ष डा उपाध्यायले बताउनुभयो । क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ ।

 

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech