सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृति दिने

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

महेन्द्रनगरः सुदूरपश्चिम प्रदेश सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृति दिने भएको छ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उर्तिण गरी नेपालकै विश्वविद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृति दिने भएको हो ।

सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने उच्च शिक्षा महाशाखा कैलालीका शाखा अधिकृत जयदेव महराले बताउनुभयो ।

‘आर्थिक वर्ष २०७८-०७९ को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार सुदूरपश्चि प्रदेश सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृति दिन्छ,’ उहाँले भन्नुभयो–‘छात्रवृति वितरणका लागि आवेदन माग गरेका छौं ।’

एकीकृत छात्रवृति व्यवस्थापन निर्देशिका २०७६ अनुसार छात्रवृति वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रति विद्यार्थी १० लाखका दरले ९ जनालाई छात्रवृति दिइनेछ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले पुस १२ गतेभित्र आवेदन पेश गरी सक्नुपर्ने छ ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech