भोलि विश्व एड्स दिवसः अझै पनि पहिचान गर्नै चुनौति

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

नेपालगन्जः विश्व एड्स दिवस बाँकेमा पनि विभिन्न सचेतिकरण कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । असमान्ता हटाउ, एड्सको अन्त्य गरौं भन्ने नाराका साथ भोलि दिवस मनाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पताल परिसरबाट ¥यालि निकाल्दै बसपार्कमा पुगेर विभिन्न कार्यक्रम गरिने स्वास्थ्य कार्यालयका एचआइभी फोकल पर्सन मानव नेपालीले जानकारी दिनुभयो ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रियामा भेरी अस्पतालका फोकलपर्सन डा.संकेत रिसालले एड्सलाई न्यूनिकरण गर्न सचेतिकरणका कार्यक्रम सबै ठाउँमा पु¥याउनु पर्ने बताउनुभयो ।

बाँकेमा एड्सका १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । वि.स २०७४-७५ मा १ हजार १२, ७५-७६ मा १ हजार १ सय १, ७६-७७ मा १ हजार २ सय १७ र ७७-७८ मा १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।

यो गएको आर्थिक वर्ष ७६-७७ को भन्दा १ जनाले बढी हो । भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् । सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । तर एड्सको पहिचान गर्नै मुस्किल परिरहेको छ ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech