‘ओमिक्रोन’ को सङ्क्रमण विश्वभरि नै हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को चेतावनी

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

तस्बिर:बिबिसी

नेपालगन्ज: कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण विश्वभरि नै हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । ‘ओमिक्रोन’ यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो ।

यसैबिच डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रियसिसले गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गर्नुभएको छ । नयाँ भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्डलगायत देशमा देखिइसकेको छ ।

नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली सङ्घले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गर्नुभएको छ ।

इजरायल, जापान र अस्ट्रेलियाले पनि सीमामा कडाइ गरेका छन् । डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ या छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले के कस्तो काम गर्छ भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको बताउनुभएको छ ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech