नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल निर्वाचित

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७८, मंगलवार

काठमाडौं: डा शिवजी पौडेल नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले  प्रतिस्पर्धीभन्दा दोब्बर ५ हजार ७२ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको २ हजार ४३७ मत ल्याउनुभयो । यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ७६२ मत ल्याउनुभयो । यस्तै काउन्सिलको सदस्य पदका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर डा हुलास अग्रवाल विजयी हुनुभएको छ ।

त्यस्तै डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जन शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र सदस्यमा निर्वाचित हुनुभएको छ ।

काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको निर्वाचनमा देशभरबाट ९ हजार ३१८ मत खसेको थियो।

मतपरिणाम हेर्नुहोस्

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech