काठमाडौं: डा शिवजी पौडेल नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धीभन्दा दोब्बर ५ हजार ७२ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको २ हजार ४३७ मत ल्याउनुभयो । यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ७६२ मत ल्याउनुभयो । यस्तै काउन्सिलको सदस्य पदका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर डा हुलास अग्रवाल विजयी हुनुभएको छ ।
त्यस्तै डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जन शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र सदस्यमा निर्वाचित हुनुभएको छ ।
काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको निर्वाचनमा देशभरबाट ९ हजार ३१८ मत खसेको थियो।
मतपरिणाम हेर्नुहोस्