भारतमा अझै पनि एक लाख ११ हजार ८९७ सकृय संक्रमित

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०७८, सोमबार

नेपालगन्जः भारतमा अझै पनि एक लाखभन्दा बढी नै रहेको पाइएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि यो समाचार तयार पर्दा सम्म एक लाख ११ हजार ८९७ सकृय संक्रमित रहेको हो ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म तीन करोड ४५ लाख ७८ हजार ७४९ जना संक्रमित भएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण २० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख ६८ हजार ५७४ पुगेको छ ।

कोरोनाभाइरसबाट संक्रमित भएर पनि गत २४ घण्टामा ९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने तीन करोड ३९ लाख ९८ लाख २७८ पुगेको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech