बाँकेमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०७८, सोमबार

नेपालगन्जः बाँकेमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३६ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना रहेका छन् । योसँगै कूल संक्रमितको संख्या १८ हजार ४ सय ६० पुगेको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech