विभिन्न देशमा नयाँ भेरियन्टका संक्रमित भेटिन थालेपछि नेपालमा पनि उच्च सतर्कता

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७८, आईतवार

नेपालगन्ज: दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि त्यसको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । विभिन्न देशमा नयाँ भेरियन्टका संक्रमित भेटिन थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ”कन्सर्न” घोषणा गरिसकेको छ । यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।

नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट–अन्य मुलुकहरुमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन बताउँनुहुन्छ ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech