कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि बेलायतमा कडाइ

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७८, आईतवार

नेपालगन्ज: दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा पनि फेला परेको छ ।

बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएका छन् । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् ।

जोखिम न्युनिकारणका लागि बेलायतले यसअघि नै ६ वटा मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको थियो । उसले यस्तै एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राखेको छ ।

रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ । बेलायत मात्र हैन विश्वका अन्य देशहरुले पनि नयाँ भेरियन्टको जोखिमका कारण कडाई गर्न सुरु गरेका छन् ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech