नेपालगन्जमा एकदिने आँखा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७८, आईतवार

नेपालगन्ज: नेपालगन्जमा एकदिने आँखा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिगत ७ वर्षदेखि नेपालगन्जमा रहेर नेत्र विशेषज्ञ तथा आखाँको छेत्रमा कामगर्ने स्वास्थकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपालगन्ज स्थित भिजन आँखा अस्पताल र नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतम र डा.विक्रम थापाले दृस्टी नशा र दृस्टी पर्दाको जाँच तथा रोगको बारेमा प्रस्तुतीकरण दिनुभयको थियो ।

यस्तो शिक्षाले विभिन्न रोग पत्ता लागाउन र निदानमा बिश्वमा भईरहेका नयाँ-नयाँ प्रबिधिको जानकारी मिल्ने विश्वास व्यक्त गरिएको छ । अब आउने दिनमा देश तथा विदेशबाट बिज्ञहरु सहभागी गराइ बिज्ञता आदान प्रदान गरिने र यस क्षेत्रलाई आँखा उपचारमा अब्बल बनाईने भिजन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रचण्ड गौतमले बताउँनुभयो ।

नेपाल चिकित्सक संघ केन्द्रिय सदस्य तथा नेपालगन्ज मेडिकल कलेजका प्रो.डा.नन्दा गुरुङको मुख्य आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका फिजिसियन तथा चिकित्सक संघ भेरी शाखाका उपाध्यक्ष डा.खगेन्द्र जङ्ग शाह लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सन फर्माले प्रायोजन गरेको थियो ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech