नेपाल मेडिकल काउन्सिलको चुनाव आज सकिदैं

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७८, शनिबार

नेपालगन्ज: नेपाल मेडिकल काउन्सिलको चुनाव आज सकिदैंछ । उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म मतदानको कार्यतालिका थियो । यसअघि उपत्यका बाहिर मंसीर ३ र ४ गते मतदान सम्पन्न भएको थियो ।

उपत्यका बाहिरका १८ मतदान केन्द्रमा पाँच हजार मत खसेको थियो । सबैभन्दा बढी चितवनमा ७४९ मत खसेको थियो भने सबैभन्दा कम जुम्लामा ५८ मत खसेको थियो। यता उपत्यकामा भने हिजो र आजका लागि मतादानको कार्यक्रम थियो ।

आज काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतदान हुनेछ। धुलिखेलमा हिजो शुक्रबार मतदान भएको थियो । त्यस्तै काठमाडौंको कमलादीमा र ललितपुरको प्रतिष्ठानमा हिजो पनि मतदान भएको थियो।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन्।। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिनुभएको छ ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech