गण्डकीमा कोभिडका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७८, शनिबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई गण्डकी प्रदेश सरकारले मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ ।

संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकाको अध्ययन /अध्यापनका लागि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।

बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई रकम हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ सहयोग प्रदान गर्न लागेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech