कोभिड संक्रमित कोहलपुरकी ६४ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना बिरामीको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका-११ का ६४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कार्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको उहाँको स्वास्थ्यमा सुधार नआउँदा गएराती ११:५० बजे मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ३४३ जनाको मृत्यु भएको छ । त्यस्तै उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ४३३ जनाको हालसम्मको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech