राप्रपाद्धारा बाँकेका स्वास्थ्य संस्थालाई १४ वटा अक्सिजन कन्सन्टेटर मेसिन प्रदान

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७८, शुक्रबार

नेपालगन्जः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाँकेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराएको छ ।

अमरधन स्मृति प्रतिष्ठान एनआरएन हङकङको सहयोग तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा जिल्लाका झन्डै एक दर्जन स्वास्थ्य संस्थामा अक्सिजन उत्पादन गर्ने कन्सन्टेटर मेसिन वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालले जानकारी दिनुभयो ।

कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गरेर कुसुम स्वास्थ्य चौकी, ओभरी स्वास्थ्य चौकी, ढकेरी, बैजापुर अस्पताल, कचनापुर स्वास्थ्य चौकी, सामुदायिक अस्पताल प्रेमनगर, स्वास्थ्य चौकी अकलघरुवा, स्वास्थ्य चौकी हवल्दारपुरमा कन्सन्टेटर मेसिन प्रदान गरिएको हो ।

ती स्वास्थ्य संस्थामा विरामीको चाप र अस्पतालको प्रकृतिअनुसार एक देखि दुई थानसम्म कन्सन्टेटर मेसिन उपलब्ध गराइएको छ । यस्तै खड्कवार र कोहलपुर स्वास्थ्य संस्थालाई पनि कन्सन्टेटर मेसिन प्रदान गरिने ढकालको भनाइ छ ।

उहाँका अनुसार दुई लाख देखि दुई लाख ५० हजार मूल्य बराबरको उक्त कन्सन्टेटर मेसिनले एकै पटक चारजना विरामीलाई अक्सिजन सप्लाइ गर्छ ।

 

 

  • १० मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech