बाँकेमा कोरोना संक्रमण पुष्टि भएका सबै बर्दियाका

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आज संक्रमण पुष्टि भएका तीनै जना बर्दियाका हुन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ । यस्तै आज २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय पुगेको छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech